मेयर पदबाट बालेन साहले दिए राजीनामा, झापा–५ बाट चुनाव लड्ने

काठमाडौं । मेयर बालेन साहले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका छन्। उपमेयर सुनिता डंगोललाई सम्बोधन गर्दै उनले औपचारिक रूपमा राजीनामा पत्र बुझाएका...

मेयर पदबाट बालेन साहले दिए राजीनामा, झापा–५ बाट चुनाव लड्ने

काठमाडौं । मेयर बालेन साहले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका छन्। उपमेयर सुनिता डंगोललाई सम्बोधन गर्दै उनले औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।

स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेर काठमाडौं महानगरपालिकाको नेतृत्व सम्हालेका बालेन साह अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मार्फत सक्रिय दलगत राजनीतिमा प्रवेश गरेका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने तयारीसहित उनले मेयर पदबाट अलग हुने निर्णय गरेका हुन्। हाल उनी रास्वपाको वरिष्ठ नेताको जिम्मेवारीमा रहेका छन्।

स्रोतका अनुसार बालेन साह झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्। राजीनामा पत्रमा उनले पदमा रहँदा काठमाडौं महानगरपालिका र नगरवासीको हितमा इमान्दारीपूर्वक काम गर्ने प्रयास गरेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “यस पदमा रहँदा काठमाडौं महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबका दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रालाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन सफल रहोस् भन्ने कामना गर्दै तपाईं तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।”