काठमाडौं, १५ माघ — सरकारले नेपाल प्रहरीको रासन स्केल तथा रासनबापत उपलब्ध हुने दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासनबापतको रकम वृद्धि गर्ने निर्णय गरेको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बढ्दो महँगी र सेवा–सुविधालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको हो। रासन स्केल र रकम वृद्धिसम्बन्धी विस्तृत विवरण सम्बन्धित निकायमार्फत कार्यान्वयनमा ल्याइने उनले बताए।
सरकारको यो निर्णयले नेपाल प्रहरीका तल्लो तहका कर्मचारीदेखि उच्च तहसम्मका सुरक्षाकर्मीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
