उमाकुण्डमा एकीकृत पाठ्यक्रम कस्टमाइज तालिम सुरु, ४५ शिक्षक सहभागी

रामेछाप । उमाकुण्ड गाउँपालिकाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि दुई दिने एकीकृत पाठ्यक्रम कस्टमाइज तालिम सुरु भएको छ। तालिम वडा नं. १, २ र ३ अन्त...

उमाकुण्डमा एकीकृत पाठ्यक्रम कस्टमाइज तालिम सुरु, ४५ शिक्षक सहभागी

रामेछाप । उमाकुण्ड गाउँपालिकाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि दुई दिने एकीकृत पाठ्यक्रम कस्टमाइज तालिम सुरु भएको छ। तालिम वडा नं. १, २ र ३ अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरूका लागि बाम्तीमा तथा वडा नं. ४, ५, ६ र ७ अन्तर्गतका शिक्षकहरूका लागि प्रितीमा सञ्चालन गरिएको हो।

तालिममा बाम्तीबाट २४ जना र प्रितीबाट २१ जना गरी कुल ४५ जना सामुदायिक विद्यालयका शिक्षकहरूको सक्रिय सहभागिता रहेको छ। तालिममा एकीकृत पाठ्यक्रमको अभिमुखीकरण, निरन्तर मूल्यांकन गर्ने विधि, विद्यार्थीको सिकाइ उपलब्धिको मूल्यांकन तथा नतिजा प्रकाशन गर्ने प्रक्रियाबारे व्यावहारिक प्रशिक्षण दिइँदैछ।

तालिमका प्रशिक्षकहरूमा रुद्र जेस्पुच, निर्मल प्रसाद त्रिपाठी, आकास सुनुवार र जगदिश बस्नेत रहेका छन्। प्रशिक्षकहरूले एकीकृत पाठ्यक्रमअनुसार शिक्षण–सिकाइ प्रक्रियालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा शिक्षकहरूलाई व्यवहारिक ज्ञान प्रदान गरिरहेका छन्।

गाउँपालिकाका अनुसार यस तालिमबाट शिक्षकहरूको पेशागत क्षमता विकास भई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।