घोषणापत्र ढिलाइ नगर्न दल र उम्मेदवारलाई आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी सबै राजनीतिक दल र उम्मेदवारलाई तोकिएको समयसीमाभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी पेस गर्न न...

घोषणापत्र ढिलाइ नगर्न दल र उम्मेदवारलाई आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी सबै राजनीतिक दल र उम्मेदवारलाई तोकिएको समयसीमाभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन दिएको छ ।

आयोगमा आज बसेको बैठकले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचनमा भाग लिने सबै राजनीतिक दलले फागुन ३ गतेभित्र आफ्नो निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम राजनीतिक दलहरूले आफ्नो निर्वाचन घोषणापत्र निर्वाचन आयोगमा पेस गर्नुपर्नेछ । त्यसैगरी स्वतन्त्र तथा दलबाट उम्मेदवार बनेकाहरूले सम्बन्धित निर्वाचन कार्यालयमा घोषणापत्र पेस गर्नुपर्ने व्यवस्था छ ।

आयोगले समयसीमा भित्र घोषणापत्र पेस नगरे आचारसंहिताअनुसार कारबाही हुन सक्ने जनाएको छ ।