काठमाडौं, माघ २७ — मंगलबार सेयर बजार परिसूचक नेप्से १० अंकले घटेको छ। यससँगै तीन दिनयता नेप्सेले ४७ अंक गुमाएको छ र दिनको अन्त्यमा २६६२ विन्दुमा बजार बन्द भयो।
बजार घट्दा कारोबार रकममा पनि कमी आएको छ। केही दिनअघिसम्म ११ अर्ब रुपैयाँ बराबरको कारोबार भइरहेको बजारमा सोमबार १० अर्ब ७७ करोड र मंगलबार ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ।
यस दिन सामूहिक लगानी कोष र व्यापार मूलक समूहमा मात्र सुधार देखिएको छ। यी समूह क्रमशः ०.१९ प्रतिशत र ०.५२ प्रतिशतले बढेका छन्।
बजारमा मूल्यगत विवरण
-
कारोबारमा आएका ३२४ लगानी उपकरणमध्ये १०६ वटाको मूल्य बढ्यो, २२२ वटाको मूल्य घट्यो, बाँकी स्थिर रहे।
-
कालिन्चोक दर्शनको मूल्य ६.३६ प्रतिशतले बढेर ९९५ रुपैयाँमा, अरुण भ्याली हाइड्रोको सेयर ५.१८ प्रतिशतले बढेर २९४ रुपैयाँमा कारोबार भयो।
-
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरै घटेर ५.२४ प्रतिशतले १६१० रुपैयाँमा कारोबार भइरहेको छ।
कारोबार रकमको अग्रस्थान
-
कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रो शीर्ष स्थानमा रह्यो। यसका सेयर ४५ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएका छन्।
