काठमाडौं। चीनले इरानमाथि अमेरिका र इजरायलले गरेको सैन्य हमला अवैध तथा अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको जनाएको छ। बेइजिङले तत्काल सैन्य कारबाही रोक्न अपिलसमेत गरेको छ।
इरानमाथिको आक्रमणले मध्यपूर्व क्षेत्रमा थप युद्ध विस्तार हुन सक्ने चिन्ता चीनले व्यक्त गरेको छ।
चिनियाँ विदेशमन्त्री वाङ यी र उनका इरानी समकक्षी अब्बास अराघचीबीच भएको टेलिफोन वार्तापछि सार्वजनिक विवरणमा बेइजिङले इरानको वैध तथा कानुनी अधिकारको समर्थन गर्ने जनाएको हो।
चीनले इरानसँगको आफ्नो पुरानो सम्बन्धलाई महत्त्व दिने उल्लेख गर्दै उसको सम्प्रभुता, क्षेत्रीय अखण्डता, सुरक्षा तथा राष्ट्रिय सम्मानको रक्षा गर्ने विषयमा समर्थन रहने स्पष्ट पारेको छ।
