कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट अलायन्सको प्रधानमन्त्रीसँग आग्रह

काठमाडौं — जेनजी मुभमेन्ट अलायन्सले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेको छ। प्रतिनिधि सभाको...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट अलायन्सको प्रधानमन्त्रीसँग आग्रह

काठमाडौं — जेनजी मुभमेन्ट अलायन्सले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेको छ।

प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको सन्दर्भमा अलायन्सले बिहीबार प्रधानमन्त्री कार्कीलाई खुला पत्र लेख्दै आयोगको प्रतिवेदन सार्वजनिक गर्न ध्यानाकर्षण गराएको हो।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको कार्यकाल फागुन २२ गते अर्थात् शुक्रबार सकिन लागेकाले प्रतिवेदन सार्वजनिक गर्नु प्रधानमन्त्रीको जिम्मेवारी रहेको अलायन्सले जनाएको छ।

खुला पत्रमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका अभिभावक र घाइते भएकाहरू अझै न्यायको प्रतीक्षामा रहेको उल्लेख गरिएको छ।

‘हामी कार्की आयोगको प्रतिवेदनको पर्खाइमा छौं। आफ्ना कलिला बच्चा गुमाएका अभिभावक आमा–बुवा चुनावमा व्यस्त छैनन्, उनीहरू न्यायको पर्खाइमा छन्। जीवित सहिद भएका घाइते साथीहरू पनि न्यायको अपेक्षामा छन्। हामी सबै नेपाली नागरिक न्यायको प्रतीक्षामा छौं,’ पत्रमा भनिएको छ।

अलायन्सले विधिको शासनलाई बलियो बनाउन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई खबरदारीपूर्ण तर विनम्र आग्रह गरेको जनाएको छ।