झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, ओलीभन्दा चार गुणा बढी मत

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र शाहले फराकिलो अग्रता लिएका छन्। दिउँसो सा...

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, ओलीभन्दा चार गुणा बढी मत

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र शाहले फराकिलो अग्रता लिएका छन्।

दिउँसो साढे १ बजेसम्मको मतगणनाअनुसार शाहले ५ हजार २५४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ हजार २४८ मत प्राप्त गरेका छन्, जुन शाहको भन्दा करिब चार गुणा कम हो।

यस्तै नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १८३ मत प्राप्त गरेकी छन् भने नेकपाका उम्मेदवार रञ्जित तामाङले १२९ मत ल्याएका छन्।

झापा–५ मा मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।