काठमाडौं । भोजपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई विजयी भएका छन्। उनले १६ हजार ६६३ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार तथा कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका हुन्। शेरधन राईले १४ हजार ७५० मत पाएका छन्।
यस निर्वाचन क्षेत्रमा नेपाल कांग्रेसका वालकृष्ण थापाले ८ हजार ६७० मत, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद ओझाले ६ हजार १०२ मत तथा नेपाली कम्युनिष्ट पार्टीका अजम्बर काङमाङ राईले ५ हजार ७२८ मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय परिवर्तन पार्टीका जितेन्द्र राईले ८१२ मत प्राप्त गरेका छन्।
यसअघि नै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१बाट तथा महासचिव आरेन राई खोटाङबाट निर्वाचित भइसकेका छन्।
