काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ।
शनिबार दिउँसो बस्ने तय भएको बैठकको समय र स्थान भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। आजको बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फका उम्मेदवारहरूको टुंगो लगाउने बताइएको छ।
Advertisement
फागुन २१ गते सम्पन्न निर्वाचनको समानुपातिक मततर्फ रास्वपाले ५१ लाख ८३ हजार ४९३ मत प्राप्त गरेको थियो। सोही आधारमा निर्वाचन आयोग ले पार्टीलाई ५७ सिट प्राप्त भएको घोषणा गरेको छ।
आयोगले फागुन २८ गते समानुपातिकतर्फ प्राप्त मतअनुसार सिट बाँडफाँटको अन्तिम सूची सार्वजनिक गर्दै तीन दिनभित्र उम्मेदवार सिफारिस गर्न समय दिएको थियो। सोही अनुसार उम्मेदवारको नाम टुंग्याउन रास्वपाले सचिवालय बैठक बोलाएको हो।
Advertisement
बैठकमा पार्टीको आन्तरिक संरचना, विधान संशोधन तथा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने सम्भावित राजनीतिक प्रक्रियाबारे पनि छलफल हुने बताइएको छ।
